राजनीति


इलाम–२ : ‘लालकिल्ला गाडियो’ भन्दै गणनास्थलबाहिर एमाले कार्यकर्ताको खुसी

इलाम–२ : ‘लालकिल्ला गाडियो’ भन्दै गणनास्थलबाहिर एमाले कार्यकर्ताको खुसी

नेपालखबर
बैशाख १७, २०८१ सोमबार २३:२७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो परिणाम अनुसार साढे ६ हजार मतान्तरले अघि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ छन्। 

सदरमुकाम इलाम बजारस्थित सिटी हलमा मतगणना भइरहँदा शुभेच्छुकहरू पनि पुग्न थालेका छन्। लगभग जित निश्चित भएपछि एमाले कार्यकर्ताहरू मतगणनास्थलबाहिर पुगेर उत्सव मनाउन थालिसकेका छन्। 

उनीहरू विभिन्न गीत गाउँदै ‘फेरि पनि लालकिल्ला गाडियो’ भन्दै खुसी साटासाट गर्न थालेका छन्। 

इलाम नगरपालिकाका १२ वडामध्ये यो निर्वाचन क्षेत्रमा वडा नम्बर १० पर्दैन। बाँकी ११ मध्ये दुईवटाको गणना सकिइसकेको छ। 

बाँकी ९ वडाको गणना राति अबेरसम्म सक्नेगरी तयारी थालिएको छ।

२१ हजार ३ सय ८० मतदाताले सुहाङलाई मतदान गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार १ सय ४६ र रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय ९ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .