राजनीति


२३ सिटमा खुम्चिएको कांग्रेसले यो पटक कति जित्ला? यी हुन् ९१ उम्मेदवार

अन्य दलको बलमा पहिलो शक्तिमा उक्लिने योजना
२३ सिटमा खुम्चिएको कांग्रेसले यो पटक कति जित्ला? यी हुन् ९१ उम्मेदवार

फाइल तस्बिर


केशव सावद
असोज २७, २०७९ बिहिबार २२:२५, काठमाडौँ

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसविरुद्ध दुई ठूला कम्युनिस्ट घटकहरु चुनावी तालमेल गरेर मैदानमा थिए। प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ दुई वाम घटकको गठबन्धनले कांग्रेसलाई ठूलो धक्का लाग्यो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेपछि कांग्रेस प्रतिनिधिसभातिर २३ सिटमा खुम्चिएको थियो। उसले आफ्ना अधिकांश सिट वाम घटकलाई जिम्मा लगाउन बाध्य भयो।

तर यो पटक राजनीतिक परिदृश्य फेरिएर कांग्रेसका सामु गुमेको शक्ति फर्काउने मौका आएको छ। पाँच वर्षअघि एमालेसँग मिलेको माओवादी कांग्रेसकै हातमा छ। अर्कातिर एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको बल पनि कांग्रेसलाई मिलेको छ।

तराई-मधेशमा पकड बढाउन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि कांग्रेसका लागि अर्को तागत हुन सक्छ। 

आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस अन्य दलको शक्तिसमेत लिएर एमालेलाई धक्का दिँदै सत्तामा पकड बनाइरहन चाहन्छ।

कांग्रेसले आफ्नो शक्ति बढाउन संघीयताको चर्को विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चालाई समेत हातमा लिएको छ। यस पटक उसको दाउ भनेको २०७४ मा २३ सिटमा खुम्चिनु परेको पीडा भुलाउँदै देशकै पहिलो राजनीतिक शक्ति बन्ने हो। 

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेपछि कांग्रेसले सत्ताबाहिर रहेको लोसपालाई पनि आफ्नो गठबन्धनमा मिलाएर क्षतिपू्र्ति भराएको छ। 

जसपाको स्थानमा लोसपा तालमेलमा आएपछि निर्वाचन क्षेत्र बाँडफाँट भइसकेको छ। अहिले कांग्रेसको भागमा सबैभन्दा बढी सिट छ। 

कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि प्रतिनिधिसभा तर्फ ९१ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरु उठाएको छ। उसले माओवादीलाई दोस्रो, एकीकृत समाजवादीलाई तेस्रो र लोसपालाई चौथो धेरै सिट दिएको छ।

यस्तोमा कांग्रेसले यो निर्वाचनमा आफूलाई पहिलो शक्ति बनाउँदै अर्को सानो शक्तिको साथ लिएर मंसिरपछि सरकार बनाउने रणनीति तयार गरेको छ।

अन्य वाम र लोकतान्त्रिक दलसँगको सहकार्यका कारण कांग्रेसले आफूले लिएका अधिकांश सिट  जित्ने रणनीति बनाइरहेको छ। तर उसको यो रणनीतिलाई एमालेले जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर चुनौती दिएको छ।

दुवैतिर गठबन्धन भएकाले कांग्रेसबाट अहिले नै जित्ने नेताहरुको अनुमान गर्न मुस्किल छ। झन् स्वतन्त्रहरुको पनि लहर आएकाले सभापति शेरबाहदुर देउवादेखि अन्य नेतालाई पनि चुनौती बढेको छ।

त्यहीकारण कांग्रेसबाट संसद यात्रा तय गर्नेहरुको संख्या एकीन गर्न मुस्किल छ। सत्ताकोसमेत नेतृत्व गरिरहेको अवस्थामा देशभर चुनावी माहोल आफ्नो पक्षमा ल्याएर आफ्ना अधिकांश उम्मेदवारलाई जिताउने दाउ कांग्रेसको छ।

तर ठाउँ ठाउँमा बागीसमेत परेको तथा पार्टीभित्रकै अन्तरकलह कांग्रेसका लागि चुनौती बन्न सक्छ। टिकट वितरणका क्रममा सभापति देउवाले पेलेको भन्दै नेता शेखर कोइराला पक्ष अझै सन्तुष्ट छैन। यदि पार्टीभित्रको अन्तरकल मिलाउन सक्यो भने कांग्रेसले २०७४ को २३ सिटको पीडा भुलाएर यो निर्वाचनबाट बलियो भएर निस्किने सम्भावना धेरै छ। 

यी हुन् कांग्रेसका उम्मेदवार :
१) पाँचथर : भीष्मराज आङदेम्वे
२) इलाम-२ : डम्बरबहादुर खड्का
३) झापा-१ : विश्वप्रकाश शर्मा
४) झापा-३ : कृष्णप्रसाद सिटौला
५) झापा-४ : देउकुमार थेवे
६) झापा-५ : खगेन्द्र अधिकारी
७) संखुवासभा : दिपक खड्का
८) तेह्रथुम : सीता गुरुङ
९) धनकुटा : सुनीलबहादुर थापा 
१०) मोरङ-१ : डिगबहादुर लिम्बू
११) मोरङ-२ : सुजाता कोइराला
१२) मोरङ-३ : सुनीलकुमार शर्मा
१३) मोरङ-६ : डा. शेखर कोइराला
१४) सुनसरी-२ : सिताराम महतो
१५) सुनसरी-३ : विजयकुमार गच्छदार 
१६) सुनसरी-४ : ज्ञानेन्द्रबहादुर खड्का
१७) सोलुखुम्बु : बलबहादुर केसी
१८) ओखलढुंगा : रामहरि खतिवडा
१९) उदयपुर-१ : डा. नारायण खड्का
२०) सप्तरी-१ : रामदेव साह (तेली)
२१) सप्तरी-३ : दिनेशकुमार यादव
२२) सप्तरी-४ : तेजुलाल चौधरी
२३) सिरहा-१ : पदमनारायण चौधरी
२४) सिरहा-२ : चित्रलेखा यादव
२५) धनुषा-२ : रामकृष्ण यादव
२६) धनुषा-४ : महेन्द्र यादव
२७) महोत्तरी-४ : महेन्द्रकुमार राय
२८) सर्लाही-४ : नागेन्द्रकुमार 
२९) रौतहट-२ : मो. फिरदोस आलम
३०) रौतहट-४ : देवप्रसाद तिमलसेना
३१) बारा-१ : उमाकान्त चौधरी
३२) पर्सा-२ : अजयकुमार चौरसिया
३३) पर्सा-३ : सुरेन्द्रप्रसाद चौधरी
३४) पर्सा-४ : रमेश रिजाल
३५) रामेछाप : पूर्णबहादुर तामाङ
३६) सिन्धुली-१ : श्यामकुमार घिमिरे
३७) रसुवा : मोहन आचार्य
३८) धादिङ-२ : रामनाथ अधिकारी
३९) नुवाकोट-२ : अर्जुननरसिंह केसी
४०) काठमाडौं-१ : प्रकाशमान सिंह
४२) काठमाडौं-३ : सन्तोष चालिसे
४२) काठमाडौं-४ : गगनकुमार थापा
४३) काठमाडौं-५ : प्रदीप पौडेल
४४) काठमाडौं-६ : भीमसेनदास प्रधान
४५) काठमाडौं-१० : राजेन्द्रकुमार केसी
४६) भक्तपुर-२ : दुर्लभ थापा क्षेत्री
४७) ललितपुर-१ : उदय शमशेर जबरा
४८) काभ्रेपलाञ्चोक-२ : शिवप्रसाद हुमागाईं
४९) सिन्धुपाल्चोक-२ : मोहनबहादुर बस्नेत
५०) मकवानपुर-१ : महालक्ष्मी उपाध्याय डिना
५१) चितवन-१ : विश्वनाथ पौडेल
५२) चितवन-२ : उमेश श्रेष्ठ
५३) गोरखा-१ : राजेन्द्र बजगाईं
५४) मनाङ : टेकबहादुर गुरुङ
५५) कास्की-१ : किशोरदत्त बराल
५६) तनहुँ-१ : रामचन्द्र पौडेल
५७) तनहुँ-२ : शंकर भण्डारी
५८) स्याङ्जा-१ : राजु थापा
५९) स्याङ्जा-२ : धनराज गुरुङ
६०) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-१ : शशांक कोइराला
६१) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ : विष्णुकुमार कार्की
६२) मुस्ताङ योगेश : गौचन थकाली
६३) म्याग्दी : खमबहादुर गर्बुजा 
६४) पर्वत : अर्जुनप्रसाद जोशी
६५) गुल्मी-१ : चन्द्रकान्त भण्डारी
६६) पाल्पा-१ : ज्ञानबहादुर गाहा
६७) अर्घाखाँची : पुष्पा भुसाल गौतम
६८) रुपन्देही-३ : बालकृष्ण खाँण
६९) रुपन्देही-४ : प्रमोदकुमार यादव
७०) रुपन्देही-५ : भरतकुमार शाह
७१) कपिलवस्तु-२ : सुरेन्द्रराज आचार्य
७२) कपिलवस्तु-३ : अभिषेकप्रताप शाह
७३) दाङ-३ : दिपक गिरी
७४) बाँके-२ सुदीपनरसिंह राणा
७५) बाँके-३ : किशोरसिंह राठोर
७६) बर्दिया-१ : सञ्जयकुमार गौतम
७७) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ : विनोदकुमार चौधरी
७८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ : देवेन्द्रराज कण्डेल
७९) मुगु : ऐनबहादुर शाही ठकुरी
८०) दैलेख-२ : दिक्पालकुमार शाही
८१) सुर्खेत-१ : पूर्णबहादुर खड्का
८२) सुर्खेत-२ : हृदयराम थानी
८३) बाजुरा : बद्रीप्रसाद पाण्डे
८४) अछाम-२ : पुष्पबहादुर शाह
८५) कैलाली-१ : रामजनम चौधरी
८६) कैलाली-४ : वीरबहादुर बलायर
८७) कैलाली-५ : डिल्लीराज पन्त
८८) दार्चुला : दिलेन्द्रप्रसाद बडू
८९) डडेल्धुरा : शेरबहादुर देउवा
९०) कञ्चनपुर-२ : नारायणप्रकाश साउद
९१) कञ्चनपुर-३ : रमेश लेखक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .