खेल


राष्ट्रिय फुटबलर राखेपछि एनआरएनएविरुद्ध प्रदेश १ को प्रोटेस्ट

राष्ट्रिय फुटबलर राखेपछि एनआरएनएविरुद्ध प्रदेश १ को प्रोटेस्ट

नेपालखबर
असोज २७, २०७९ बिहिबार २२:३७, पोखरा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा गैर आवासिय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय टोलीका खेलाडी खेलाएपछि प्रदेश १ प्रोटेस्ट हालेको छ। 

लामाचौरस्थित गोस्टेघाट फुटबल मैदानमा एनआरएनले नियमविपरीत सिनियर टोलीका खेलाडीलाई मैदान उतार्न लागेपछि प्रदेश १ ले खेलअघि नै विरोध गरेको हो। 

तर आयोजकले खेलपछि प्रोटेष्ट हाल्न पाउने बताएपछि प्रदेश १ खेल्न तयार भएको थियो। 

बिहीबार भएको खेलमा सिनियर टोलीसँगको खेलमा प्रदेश-१, २–० ले पराजित भएको थियो। एनआरएनएका लागि संजोक राई र विमल घर्ती मगरले गोल गरेका थिए। 

एनआरएनको टोलीमा अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोक राई, विमल घर्तीमगर, विशाल राई, इशान खड्का र अशोक खवास छन्। 

खेलपछि प्रदेश १ ले साँझ नै नवौँ राष्टिय खेलकुदका संयोजकलाई दावी विरोध बुझाएका छन्। 

प्रदेश १ ले बुझाएको दावी विरोध पत्रमा राखेपको खेल कार्य विधिमा सिनियर टोलीका  ८ खेलाडी नपर्ने भएको भन्दै नतिजा आफ्नो पक्षमा दिन माग गरेको छ। 

एनआरएनबाट खेल्न कम्तीमा १ सय ८० दिन विदेशमा बसोबास गरेको हुनुपर्ने भन्दै ८ खेलाडी नियविपरीत खेलाइएको प्रदेश १ ले दाबी गरेको छ। 

'एनआरएनएको टोलीमा कुनै पनि खेलाडी सहभागी हुन कम्तिमा १८० दिन विदेशमा बसोबास गरेको हुनुपर्नेमा मापदण्डविपरीत नेपाल भित्र खेलाडीहरू खेलाइएको पाइएको हुँदा उक्त खेलको नतिजा कानुनी रुपमा हाम्रो पक्षमा हुने माग सहित यो दावि विरोध पेश गरेका छौँ', पत्रमा लेखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .