ad ad

राजनीति


अधुरा काम पूरा गर्नुछ, जनतालाई मालिक बनाउने गरी काम गर्छौं : रामचन्द्र पौडेल

अधुरा काम पूरा गर्नुछ, जनतालाई मालिक बनाउने गरी काम गर्छौं : रामचन्द्र पौडेल

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०७९ शनिबार २१:३५, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन्। 

व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए।

सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनको भनाइ थियो । 

'मेरो अन्तिम इच्छा भनेको मैले गरेका अधुरा काम पूरा गर्नु छ, तपाइँहरूसँग मलाई एकपटक विजयी गराउन आग्रह गर्छु', उनले भने। 

नेता पौडेलले गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने बताए। 'विदेशिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ', उनले भने। 

गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए।

देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .