ad ad

राजनीति


आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत आउँछ : विष्णु पौडेल

शासकीय स्वरुप पुनर्विचार गर्ने पक्षमा नभएको स्पष्टीकरण
आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत आउँछ : विष्णु पौडेल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १२:५३, काठमाडौँ

एमाले शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा छैनः विष्णु पौडेलगठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। 

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएकाहुन्। 

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए। 

सत्तारुढ गठबन्धनको काम हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति गरेको पनि उपाध्यक्ष पौडेलले बताए। 

अन्य सहयात्री दलहरुको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाएर आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो। 

‘एमाले आगामी निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ। गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ', रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार उनले भने, ' मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थिति जानकारी लिने गर्छु। मैले १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ साधारण बहुमत ल्याउने स्थितिमा छौँ।'

उनले अरु सहयात्री दलहरुको समर्थनले सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्ने बताए। 'यसमा कुनै प्रकारको द्विविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन । गठबन्धनको त वास्तवमा भन्नुहुन्छ भने गठबन्धनको अवस्थामा त राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको छ', उनले भने, 'गठबन्धनको अहिलेको मुलुकको समस्याको समाधान दिने माध्याम गठबन्धन होइन। गठबन्धन समस्या सृजना गर्ने माध्याम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ। समस्या समाधानका लागि एमाले चाहिन्छ। शासन सत्ताको बागडोर, एमालेलाई हस्तान्तरण गर्नुपर्छ भन्ने नेपाली जनताको निस्कर्ष हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .