ad ad

राजनीति


माओवादीको एकमात्रै एजेन्ड देशको विकास र समृद्धि : ओनसरी घर्ती

माओवादीको एकमात्रै एजेन्ड देशको विकास र समृद्धि : ओनसरी घर्ती

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १२:५७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्। 

काठमाडौं क्षेत्र नम्बर २ स्थित साल्खा महादेवस्थानमा बुधवार आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन्। 

आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै उनले देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन्। 

विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने उनले बताइन्। 

‘हामी आज तपाईहरुको सामु आएका छौँ। देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकासबाहेक अरु छैन । हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ', उनले भनिन्, 'विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडि बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ।'

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .