सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरेको छ। शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले न्युनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य रहेको जनाएको छ।
‘व्यापक रोजगारीका संभावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प गर्दछ’ कांग्रेसले घोषणापत्रमा भनेको छ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।
महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो।
‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको हो।
Shares
प्रतिक्रिया