नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको र आजबाटै चुनावी प्रचारप्रसारका कार्यक्रममा सहभागी हुने बताएका छन्।
चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि आइतबार उनी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा भर्ना भएका थिए।
नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनी गैंडाकोट वडा नं १६ को चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटनमा सम्बोधन गर्दैगर्दा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएको कोइरालाले बताएका छन्।
‘अहिले म सामान्य अवस्थामा रहेको जानकारी गराउँदछु,’ कोइरालाले भनेका छन्। उनले आजबाट हुने चुनावी प्रचारप्रसारका कार्यक्रमहरु यथावत रुपमा संचालन हुने बताएका छन्।
15
Shares

प्रतिक्रिया