ad ad

राजनीति


निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै डा. तोसिमा कार्की

निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै डा. तोसिमा कार्की

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ९:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छिन्। निर्वाचन आयोगको निर्णयविरुद्ध आफू अदालत जान लागेको कार्कीले नेपालखबरलाई बताइन्। 

‘म अहिले सर्वोच्च खुल्नासाथ रिट दिँदैछु,’ उनले भनिन्, ‘म माथि अन्याय भएको छ त्यसविरुद्ध सर्वोच्च जान लागेको हुँ।’

आयोगले गत १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी बदर गरिदिएको थियो। 

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायत आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

तर, आयोगको सो निर्णयविरुद्ध कार्कीले आज अदालतमा मुद्दा दर्ता गर्न लागेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .