ad ad

राजनीति


तोसिमाको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायमै रहने

तोसिमाको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायमै रहने

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १७:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ।

उम्मेदवारी खारेजी गर्ने गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको इजलासले तोसिमाको पक्षमा अन्तरिम आदेश दिएको हो।

यो आदेशसँगै मंसिर ४ को निर्वाचनका लागि तोसिमाको उम्मेदवारी कायमै रहने भएको छ। 

आयोगले गत १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। उक्त निर्णयविरुद्ध उनी सर्वोच्च गएकी थिइन्। 

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो।

त्यही उजुरीको आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी बदर गरिदिएको थियो। 

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायत आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको थियो। 

तर, आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .