काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका दुर्गाप्रसाद लिम्बूले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन्।
उनले शुक्रबार एक कार्यक्रममा सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्यतर्फ अघि सारेका कांग्रेस नेता सिंहलाई समर्थन गरेका हुन्।
उनले सिंहलाई समर्थन गर्दै काठमाडौं–१ का मतदातालाई कांग्रेसको चुनाव चिह्नमा मतदात गर्न पनि आग्रह गरेका छन्।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार प्रकाश नायजुले पनि नेता सिंहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका थिए।
84
Shares

प्रतिक्रिया