ad ad

राजनीति


पर्वतका एमाले उम्मेदवार गिरी भन्छन्– ६ हजार मतान्तरले चुनाव जित्छौं

पर्वतका एमाले उम्मेदवार गिरी भन्छन्– ६ हजार मतान्तरले चुनाव जित्छौं

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २१:५४, काठमाडौँ

नेकपा एमालेका तर्फबाट पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पदम गिरीले पर्वतमा सानदार मतका साथ आफूहरु विजयी हुने बताएका छन्। पर्वत–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको चुनाव केन्द्रित छलफलमा भाग लिँदै उम्मेदवार गिरीले सो कुरा दाबी गरेका हुन्। 

उम्मेदवार गिरीले पर्वतमा ६ हजारभन्दा धेरै मतान्तरले चुनाव जित्ने समेत दाबी गरे। 

‘हामीले २०७४ मा चुनाव जितेपछि गरेका काम, एमालेले अगाडि सारेको योजनाका कारण पर्वतका मतदाताले एमालेका उम्मेदवारलाई  फेरि चुनाव जिताउनुपर्छ भन्निरहनु भएको छ,’ उनले भने, ‘त्यसकारण पर्वतबाट प्रतिनिधिसभा तथा प्रदेश सभाका दुबै क्षेत्रबाट एमाले सानदार मतका साथ विजयी हुन्छ।’

चुनावी अभियानका क्रममा जिल्लामै घरदैलो तथा भेटघाटमा रहनुभएका गिरीले पर्वतका मतदातामा एमाले र यसको नेतृत्वले मात्रै देश र जनताका लागि काम गर्ने विश्वास रहेको जानकारी उनले गराए। 

पर्वतमा एमालेबाट प्रतिनिधि सभामा गिरी, प्रदेश सभा १ मा भक्त कुँवर तथा प्रदेश सभा २ मा मित्रलाल बस्याल उम्मेदवार छन्।

उनले काठमाडौंबाट आउने मतदातालाई जिल्लासम्म ल्याउन आवश्यक सहजिकरण तथा समन्वय गर्न सम्पर्क मञ्चलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .