राजनीति


कांग्रेसले बीपीको आदर्श बिर्संदा देश असन्तुलित बन्यो : रवीन्द्र मिश्र

कांग्रेसले बीपीको आदर्श बिर्संदा देश असन्तुलित बन्यो : रवीन्द्र मिश्र

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १०:४४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सत्तारु दल नेपाली कांग्रेसले बीपी कोइरालाका आदर्श बिर्सिएपछि समाज असन्तुलित भएको टिप्पणी गरेका छन्। मंगलबार बिहान बबरमहलमा आयोजित घरदैलो कार्यक्रमपछिको कोणसभालाई सम्बोधन गर्दै मिश्रले सो कुरा बताएका हुन्। 

‘बीपी कोइरालाले बोकेको आदर्श यो देशको लागि सबैभन्दा उपयुक्त हो,’ कोणसभामा बोल्दै मिश्रले भने, ‘नेपाली कांग्रेसले बीपीको आदर्श बिर्संदा यो देश, समाज असन्तुलित भएको छ। यो देशलाई दीर्घकालमा घात हुने काम भएको छ।’

मिश्रले एकपटक बीपीलाई सम्झनपर्ने अवस्था आएको बताए। ‘त्यो कुरालाई हामीले मलम पट्टी लगाउनका लागि एकचोटी उहाँको हजुरबुवालाई सम्झनपर्ने अवस्था आएको छ,’ मिश्रले भने। 

देश बन्यो भनेमात्र आफूहरु बन्न सक्ने मिश्रको भनाई थियो। 

मिश्रको घरदैलोमा भोट माग्नका लागि बलिउड नायिक मनीषा कोइराला पनि पुगेकी थिइन्। कोइरालाले पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्न थालेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .