नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अनेक गाली गरेका छन्।
उनैले छाडेको काठमाडौं क्षेत्र नम्बर २ स्थित जडीबुटीमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले ओलीमाथि गाली बर्षा गरेका हुन्।
आफूले पटक–पटक यही क्षेत्रबाट निर्वाचित भएको बताउँदै तर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँका विकास योजना रोकिदिएको दाबी गरे।
उनले ओलीलाई कंस र रावणको समेत संज्ञा दिएका छन्। 'यही क्षेत्रबाट मलाई पटक पटक विजयी बनाउनुभयो। मैले विकासको परियोजना अघि सारेको छु', उनले भने, 'तर, जस माधव नेपालले पाउने डरले ओलीले अघि बढ्न दिएनन्। यस्ता मान्छे हामीले पाएका छौँ। कस्तो पूर्वाग्रही प्रवृति बोकेका मान्छे? कंस र रावणको प्रवृत्ति बोकेको रहेछन्। कस्तो होला यो धर्ती त्यस्ता व्यक्तिलाई जन्म दिने?'
Shares
प्रतिक्रिया