भारतीय कांग्रेसको ‘भारत जोडो यात्रा’मा त्यहाँको राष्ट्रिय गानको सट्टा गलत गीत (नेपालको राष्ट्रगान) बजाएको भन्दै राहुल गान्धीलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना महाराष्ट्रको वाशिमको हो। राहुलले बुधबार त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गरेका थिए।
यस क्रममा राहुलले भने– अब राष्ट्रिय गान बजाइन्छ तर नेपालको राष्ट्रिय गान बजाइयो। त्यसमा उनले तुरुन्तै रोकेर राष्ट्रिय गान सुरु गर्न भने। भाजपा नेताहरुले यो भिडिओ सेयर गरेर प्रश्न उठाइरहेका छन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
महाराष्ट्रका बीजेपी नेता नितेश राणेले ट्विट गरेका छन्, ‘राहुलको कमेडी सर्कस। यस्तै तमिलनाडु भाजपा नेता अमरप्रसाद रेड्डीले पनि यो भिडिओ सेयर गरेका छन्। उनले सोधेका छन् – राहुल गान्धी, यो के हो?
घटना यस्तो
भिडिओमा राहुल गान्धी र कांग्रेसका केही नेताहरू मञ्चमा उभिएको देखिन्छ। यसैबीच राहुलले नजिकै उभिएका नेतालाई राष्ट्रिय गान बजाउन आग्रह गर्छन्। यसपछि सबैजना सतर्कताको मुद्रामा उभिन्छन् तर भूलवश नेपालको राष्ट्रिय गान बज्न थाल्छ। यद्यपि, राहुलले तुरुन्तै नेताहरूलाई त्यो रोक्न र राष्ट्रगान बजाउन आग्रह गर्छन्।
ट्रोलर्सको निशानामा राहुल
यसरी बज्यो नेपालको राष्ट्रगान–
It took 15 seconds for Rahul Gandhi to realize that his party is playing a wrong National song pic.twitter.com/19bGKPV1uF
— Rishi Bagree (@rishibagree) November 17, 2022
Shares

प्रतिक्रिया