राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्।
तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।
उनले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गरेका हुन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए।
प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।
मंसिर ४, २०७९, आइतबार
प्रतिक्रिया