राजनीति


दैलेख र मुगुका चार ठाउँमा शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज, मतदान शान्तिपूर्ण

दैलेख र मुगुका चार ठाउँमा शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज, मतदान शान्तिपूर्ण

दैलेखमा भेटिएको शंकास्पद वस्तु


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:३५, काठमाडौँ

दैलेख र मुगुमा अज्ञात समूहले राखेका बम नेपाली सेनाले डिस्पोज गरेका छ। आइतबार बिहान दैलेखमा एउटा मतदान केन्द्र र मुगुका तीन स्थानमा शंकास्पद वस्तु फेला परेको थियो। 

नेपाली सेनाले दुवै जिल्लामा फेला परेका होक्स डिस्पोज गरिसकेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले जानकारी दिए।

केही उच्च भेगका मतदान केन्द्रमा चिसोका कारण मतदाता नआइसकेकाले मतदान सुरु नभए पनि अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको पनि एसएसपी श्रेष्ठले बताए। 

प्रदेश १ संखुवासभा र ताप्लेजुङका उच्च हिमाली भेगमा मतदाता पुगेका छैनन्। अन्य सबै स्थानमा मतदान शान्तिपूर्ण रुपमा चलिरहेको डीआईजी सुदीप गिरीले जानकारी दिए।

मधेश प्रदेशका पनि सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सुरु भएको डीआईजी मासाउद आलम खाँले नेपालखबरलाई जानकारी दिए। बागमती प्रदेशमा पनि मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। एसएसपी दीपक गिरीले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .