ad ad

राजनीति


प्रदेश १ का १४ जिल्लामा कति मत खस्यो?

प्रदेश १ का १४ जिल्लामा कति मत खस्यो?

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ०:४७, काठमाडौँ

निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ।

प्रदेशका १४ जिल्लामा ५० देखि ६४ प्रतिशतसम्म मत खसेको छ। 

प्रदेश निर्वाचन कार्यालय नं १ ले जनाएअनुसार ताप्लेजुङमा ५५ प्रतिशत मत खसेको छ भने झापामा ६० प्रतिशत मत खसेको छ। 

यस्तै, संखुवासभा ५१, तेह्रथुम ५८, धनकुटा ६०, मोरङ ६४ र सुनसरीमा ६२ प्रतिशत मत खसेको छ। 

यसैगरी, सोलुखुम्बु ५० ओखलढुंगा ५६ र उदयपुरमा ५३.०६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

प्रदेशका पाँचथर, इलामा, भोजपुर र खोटाङको भने विवरण प्राप्त हुन सकेको छैन। 

तेह्रथुममा मतपेटिका संकलन हुँदै
एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मात्रै मतगणना शुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिए।

प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार नौ सय ५६ मत खसेको छ। २० हजार चार सय ७९ पुरुष र २१ हजार चार सय ७७ महिलाले मतदान गरेका छन्। 

तेह्रथुममा ७१ हजार नौ सय ३३ मतदाता छन्। २९ हजार नौ सय ७७ मतदाता मतदानमा सहभागी भएनन् । वैदेशिक रोजगारीमा रहेका, जिल्ला बाहिर भएका मतदाता तथा मतदानमा उत्साह नहुनुजस्ता कारणले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ।

५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल र  ९३ स्थायी र एक अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन्। आइतबार सम्पन्न निर्वाचन तेह्रथुममा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .