राजनीति


बाग्लुङ–१ मा केसी, २ मा पौडेल अगाडि

बाग्लुङ–१ मा केसी, २ मा पौडेल अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ६:७, काठमाडौँ

बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन्।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार ९८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहेका छन्।
    

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन्। हालसम्म एक सय ८० मत बदर भएको छ ।

बाग्लुङ–२ मा गठबन्धनका पौडेल
बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले १ हजार ९०९ मत प्राप्त गरेका छन्। प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले १ हजार ३५ मत प्राप्त गरेकी छन्।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन २ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २ हजार ७५९ मतसहित पछ्याइरहेका छन्। 

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर ४ हजार २८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन ३ हजार ५६८ मतसहित दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .