नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा अग्रता बढाउँदै लगेका छन्। मतगणनाको शुरुदेखि नै उनले अग्रता जारी राखेका छन्।
अध्यक्ष ओलीले १७ हजार ४६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३०७ मत प्राप्त गरेका छन्।
यहाँ ओली र अधिकारीको मतान्तर ७ हजार १६१ छ।
यसैगरी झापा ५ कै प्रदेशसभामा पनि एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन्। प्रदेशसभाको (क)मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका हुन्। प्रारम्भिक परिणाम अनुसार उनले नौ सय ८१ मत प्राप्त गर्दा गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६ सय ३२ मत पाएका छन्।
प्रदेश सभाको (ख)मा पनि मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन्। रासस
Shares
प्रतिक्रिया