राजनीति


उदयपुर २ मा एमालेका रायमाझी विजयी, समाजवादीका उपमहासचिव खतिवडा पराजित

उदयपुर २ मा एमालेका रायमाझी विजयी, समाजवादीका उपमहासचिव खतिवडा पराजित

ध्रुव भट्टराई
मंसिर ६, २०७९ मंगलबार २०:२२, विराटनगर

प्रदेश १ मा नेकपा एमालेले खाता खोलेको छ। उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएसँगै एमालेले खाता खोलेको हो।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएको छ। एमालेका उम्मेदवार रायमाझी १५ हजार २५१ मतसहित विजयी भएका हुन्।

यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन्। खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे ।

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गरेका छन्। राईको उम्मेदवारीकै कारण खतिवडा पराजित भएका हुन्।

२०७४ को निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए।

यसपटक सत्ता गठबन्धनको भागबण्डामा खतिवडाले ठूलो जोडबल गरेर टिकट हात पारे पनि पराजित भएका हुन्।

प्रदेश १ का २८ प्रतिनिधि सभा सदस्यमध्ये एमाले र कांगेसले ९/९ स्थानमा अग्रता लिएको छ। माओवादी चार राष्ट्रिय स्वतन्त्र पार्टी दुई राप्रपा र जनता पार्टीले एक/एक स्थानमा अग्रता लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad