नेपाली कांग्रेसका नेता मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी रसुवाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका छन्।
आचार्यले १८ हजार २३५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा तामाङले ८ हजार ६१४ मत ल्याएका छन्।
रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार विकाश गलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन्।
192
Shares

प्रतिक्रिया