धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सहमहमन्त्री महेन्द्र यादवले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसँगको मतान्तर घटाएका छन्।
आइतबार बेलुकी साढे ७ बजेको ११९ मतको अग्रताबाट घटाएर उनले राति ११ बजे मतान्तर ३४ मा झारेका हुन्।
निर्वाचन आयोगका अनुसार महासेठले २४ हजार ४८२ मत पाउँदा यादवले ४२ हजार ४४८ मत ल्याएका छन्।
यसअघि बेलुकी ७ बजे पछि सार्वजनिक गरिएको मतगणनाको परिणाममा यादवलाई पछि पार्दै अघि बढेका महासेठले २३ हजार ८५६ मत ल्याउँदा यादवको मत २३ हजार ७३७ थियो।
त्यसअघि महासेठ कांग्रेस सहमहामन्त्री यादवसँग निरन्तर पछि पर्दै आएका थिए।
मंसिर ११, २०७९, आइतबार
प्रतिक्रिया