जारी विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान क्यानडाले बनायो। आइतबार राति क्रोयसियाविरुद्ध खेल सुरु भएकाे ६७ सेकेन्डमा गोल गर्दै अलफन्सो डेभिसले टोलीलाई अग्रता दिलाए।
जित्नै पर्ने दबाबमा रहेको क्यानडाले यो अग्रता ३६ औं मिनेटसम्म मात्रै जोगायो। ३६ औं मिनेटमा क्रोयसियाका एन्द्रेस क्रमारिकले साविक विजेतालाई खेलमा फर्काए।
पछि परेपछि आक्रमण बढाएको यो टोली यतिमै रोकिएन। ४४ औं मिनेटमा अर्को गोल थप्दै जित तर्फ लम्कियो। मार्को लिभाजाले पहिलो हाफ अघिनै टोलीलाई पुर्नरागमन गराए।
७० औं मिनेटमा क्रमारिकले अर्को गोल थप्दा क्यानडाको सपना चकनाचुर भयो। लोब्रो माजिरले अतिरिक्त समयमा अर्को गोल थप्दा क्रोयसियाले ४-१ को सानदार नतिजा निकाल्यो।
यो हारले क्यानडाको विश्वकप सपना समूह चरणमै टुंगिने निश्चिचत भएको छ। क्रोयसियाको भने अघिल्लो चरणको सम्भावना छ।
तर दुई स्थानका लागि तीन टोलीले प्रतिस्पर्धा गर्नु पर्ने छ। अन्तिम खेलमा क्रोयसिया र बेल्जियम भिड्ने छन्। बेल्जियम पनि गत विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। लगातार दुई खेल जित्दै अघिल्लो चरण प्रवेश गर्ने तयारीमा रहेको बेल्जियमलाई आइतबार मोरक्कोले धक्का दियो।
अन्य २ टोलीको समान ४ अंक हुँदा बेल्जियमको ३ अंक मात्रै छ। अन्तिम खेलमा उसले क्रोयसियालाई हराउनै पर्ने बाध्यता छ। बराबरी भएको अवस्थामा पनि बेल्जियमको यात्रा समूह चरणमै टुंगिने छ।
क्यानडा भने समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ। यसअघि आयोजक कतारको यात्रा टुंगिने निश्चित भइसकेको छ। दोस्रो चरणका खेल चलिरहँदा अहिलेसम्म फ्रान्सले मात्रै नकआउटमा स्थान बनाएको छ।
प्रतिक्रिया