ad ad

राजनीति


अहिले वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

अहिले वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १६:२३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै वाम गठबन्धनको संयुक्त सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन्। 

धक्का दिने गरी चुनावी परिणाम आएसँगै अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सम्भावित सहकार्यको विकल्पमा अनौपचारिक सम्वादमा रहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो।

उनले परिणाम जे आए पनि अहिलेलाई पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने प्रारम्भिक निष्कर्ष आफूहरुको रहेको पनि उनले सुनाए। 

'सत्ता गठबन्धनलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमै हामी छौँ। राजनीतिक घटनाक्रमअनुसार अबको बाटो तय गर्नेबारे पनि बैठकमा कुरा भयो', उनले भने, 'सरकार बनाउनेबारे हामी आज प्रवेश गरेनौँ। केही ठाउँमा मतदान र मतगणना नै बाँकी छ। यी सबै कु्रा आएर पिक्चर क्लियर भएपछि मात्रै हामी धारणा बनाउँछौँ।'

उनले वाम गठबन्धनको सरकारको सम्भावनालाई नकारिदिएका छन्। 'वाम गठबन्धनबाट सरकार बन्न सक्ने सम्भावना छैन', उनले भने, 'हामी पनि त्यो दिशामा छैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .