ad ad

राजनीति


काठमाडौं आएलगत्तै राजनीतिक भेटघाटमा सीके राउत, कांग्रेस नेता निधिसँग छलफल

काठमाडौं आएलगत्तै राजनीतिक भेटघाटमा सीके राउत, कांग्रेस नेता निधिसँग छलफल

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १८:१४, काठमाडौँ

नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो। 

भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भएको थियो। 

निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा बिश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए। 

भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए।

निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्णरुपमा सकारात्मक भएको जवाफ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .