राजनीति


देउवालाई भेटेपछि पूर्णबहादुरले भने : सरकार गठनको प्रक्रियामा सक्रियता प्रारम्भ..

देउवालाई भेटेपछि पूर्णबहादुरले भने : सरकार गठनको प्रक्रियामा सक्रियता प्रारम्भ..

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १९:३३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ सरकार गठनको प्रक्रियामा सक्रियता देखाएका छन्।

बुधबार सुर्खेतबाट काठमाडौं आएका खड्काले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी नयाँ सरकार गठनबारे छलफल गरेका हुन्। 

खड्का सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा विजयी भएपछि आज काठमाडौं आएका हुन्। 

कर्णालीमा खड्काको नेतृत्वमा गठबन्धनले प्रतिनिधि सभाका १२ सिटमा एमालेलाई ‘क्लिनस्वीप’ पारेको छ भने प्रदेशसभातर्फ २४ सिटमध्ये ५ सिटमा सिमित पार्न सफल भएको छ। 

देउवासँगको भेटपछि खड्काले. सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापतिज्यूसँगको समग्र निर्वाचनको विश्लेषण र विमर्शपछि नयाँ सरकार गठनको केन्द्रीय प्रक्रियामा सक्रियता प्रारम्भ। नेपालको जय होस्। नेपालीको जय होस्।’

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलकाे नेता बन्न दाैडधुप गरिरहँदा उपसभापति खड्का देउवाकाे पक्षमा सक्रियता देखाउन सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .