ad ad

राजनीति


माओवादी उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

जण्डिस बल्झिएपछि स्वास्थ्यमा समस्या
माओवादी उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १२:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। 

यसअघि २०७८ मंसिरमा पनि उनको त्यही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।

चीन-नेपाल नियमित उडान नभएकाले पूर्वमन्त्री उपमहासचिव पुन शुक्रबार साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ। 

नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शिला चीनको सेनजेन जान लागेका हुन्।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई फलोअपमा अस्पताल आउन सल्लाह दिएपछि जान लागेका हुन्।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरिसकेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन्। मंसिर ४ गते मतदान गरेलगत्तै काठमाडौंमा आएर आराम गरिरहेका छन् ।

माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँटफँड कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो। 

नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँटफाँड कार्यदलमा सहभागी थिए। 

त्यतिबेला हरेक दिन मध्यरातिसम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेकाले उनलाई पुरानै रोगको असर देखिएको उनको सचिवालयको भनाइ छ। अस्वस्थाताका बाबजुत नेता पुन सिट बाँटफाँड कार्यदलमा सक्रिय भएर लागेका थिए।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .