ad ad

राजनीति


भीम रावलको प्रश्न : बालेन्द्रले कसको अनुमतिमा अमेरिकी राजदूतलाई भेटेको?

भीम रावलको प्रश्न : बालेन्द्रले कसको अनुमतिमा अमेरिकी राजदूतलाई भेटेको?

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १८:१६, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाएका छन्। 

नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताए। 

'नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्', उनले भने, 'संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौँ।'

उनले परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो भेट्न नमिल्ने पनि बताएका छन्। 

'संविधान र कानुनी पद्धति मिचेर आाफुखुशी गर्ने संसारमा कहीँ नभएको अभ्यास नेपालमा संक्रमणकालीन गठबन्धन सरकार? जनउत्तरदायी हौ भने जवाफ देऊ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .