नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल हुने उनले बताए। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको छ।
आजको बैठकले निर्वाचनको समग्र विषयमा समिक्षा गरेर अघि बढने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए।
शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए।
54
Shares
प्रतिक्रिया