ad ad

राजनीति


धनराजलाई बधाई दिँदै पद्माले भनिन् : बुथ कब्जा गर्ने दुश्कर्म गर्न नलागाउनू

धनराजलाई बधाई दिँदै पद्माले भनिन् : बुथ कब्जा गर्ने दुश्कर्म गर्न नलागाउनू

फाइल।


नेपालखबर
मंसिर १८, २०७९ आइतबार ११:२, काठमाडौँ

स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले ‘बुथ कब्जा’ गरेर खसालिएको मतलाई स्वीकार नगर्ने बताएकी छिन्।

सो क्षेत्रबाट निर्वाचित भएका नेपाली कांग्रेसभा उपसभापति धनराज गुरुङलाई बधाई दिँदै उनले मृतक र विदेशमा रहनेका नाममा समेत मतदान भएको दाबी गरेकी छिन्। 

‘साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो,’ अर्यालले सामाजिक सञ्जालबाट भनेकी छिन, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं। त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं,’ 

आफूहरुको जायज माग नसुनेको र राज्यबाट पनि सुनुवाई नभएको गुनासो उनले गरेकी छिन्। 

‘आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईंबाट अपहरित नहोस्। युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस,’ अर्यालले भनेकी छिन्, ‘न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस।’ 

चापकोटको केही बुथमा भएका निर्मम दृश्यले गुरुङप्रतिको आफ्नो बुझाई समेत झुठो भएको उनले उल्लेख गरेकी छिन्। 

‘खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन। सबैकुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु,’ उनले भनेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .