प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले इन्डोनेशिया भ्रमण रद्द गरेका छन्।
मन्त्री खड्का इन्डोनेशियाको बालीमा आगामी बिहीबार हुने बालि डेमोक्रेसी फोरममा सहभागी हुन मंगलबार साँझ त्यसतर्फ जाने तयारीमा थिए।
परराष्ट्रमन्त्री खड्का यही साता इन्डोनेशिया भ्रमणमा जाँदै, बाली डेमोक्रेसी फोरममा सम्बोधन गर्ने
मन्त्री खड्काको इन्डोनेशिया भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको थियो।
तर अन्तिम अवस्थामा प्रधानमन्त्री देउवाले मन्त्री खड्काको भ्रमणको आवश्यक नरहेको बताएपछि खड्का रोकिएका हुन्।
‘भ्रमण तयारी जारी थियो। तर प्रधानमन्त्रीज्यूले भ्रमणमा नजान निर्देशन दिएपछि अन्तिम समयमा भ्रमण रोकियो’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
मन्त्री खड्का नगए पनि परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बालि डेमोक्रेसी फोरममा नेपालका तर्फबाट प्रतिनिधीत्व गर्ने भएका छन्।
प्रतिक्रिया