ad ad

राजनीति


सञ्चारमन्त्री कार्कीले भेटे राष्ट्रपतिलाई

सञ्चारमन्त्री कार्कीले भेटे राष्ट्रपतिलाई

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १४:२, काठमाडौँ

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाका एकजना विश्वास पात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सक्रियता बढ्दै गएको छ। 

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेर काठमाडौं फर्किएका सञ्चारमन्त्री कार्कीले नयाँ सरकार देउवा कै नेतृत्वमा गठन गर्ने प्रयास स्वरुप सक्रियता बढाएका हुन्। 

सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटार मा भेटवार्ता गरेका कार्कीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन्। 

सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला उनी मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झण्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपति भण्डारीले यस विषयमा चासो राखेको बताइएको छ।

सञ्चारमन्त्री काकीले राष्ट्रपति भण्डारीलाई वर्तमान सत्तारु दलको सोमबार बालुवाटरमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .