ad ad

राजनीति


सीके राउतले भेटे राष्ट्रपतिलाई

सीके राउतले भेटे राष्ट्रपतिलाई

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १६:३९, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससहितका दलहरुबीच दौडधुप चलिरहेका बेला उनले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।

सोमबार मात्रै उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा वार्ता गरेका थिए।

उनलाई सरकारमा ल्याउन गठबन्धन दलहरु जोडतोड गरिरहेका छन्। यसअघि नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .