ad ad

राजनीति


लुम्बिनी प्रदेश सरकार राजधानी दाङ सरेकामा गठबन्धनका चार दल खुसी

लुम्बिनी प्रदेश सरकार राजधानी दाङ सरेकामा गठबन्धनका चार दल खुसी

बुटवलबाट राजधानीका संरचना दाङ सारिँदै


नेपालखबर
मंसिर २१, २०७९ बुधबार ११:१७, काठमाडौँ

रुपन्देहीको बुटवलबाट लुम्बिनी प्रदेश सरकारका कार्यालय स्थानीय  राजधानी दाङ सारिएकामा सत्ता गठबन्धनका स्थानीय चार दलले खुसी प्रकट गरेका छन्। 

प्रदेश सरकारले अस्थायी राजधानी बुटवलबाट राजधानीका संरचना दाङ सार्दै त्यहीँबाट प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, अन्य मन्त्रालयका काम सुरु गरेको हो। 

यसका लागि प्रदेश सरकारलाई धन्यवाद दिँदै दाङस्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। 

‘...प्रदेश सर‌कारले यही मंसिर १९ गते राजधानीबाट सरकारी काम सञ्चालन गर्ने गरी दाङ आएकोमा हामी अत्यंत खुसी भएका छौं’, विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘यस प्रदेशका सम्पूर्ण जनसमुद‌ायलाई पायक पर्ने गरी प्रदेश सरकारका सम्पूर्ण कार्य हक स्थायी राज‌धानीबाट हुने विषय‌ले सम्पूर्ण दंगालीलाई थप उत्साहित बनाएको छ।’ 

त्यसका लागि वर्तमान प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री परिषद् र पहलकर्ता, निषेधकर्ता प्रदेशसभाका सबै सदस्यलाई उनीहरूले धन्यवाद भनेका छन्। साथै राजधानी व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न चार दलले स्थानीय जनसमुदायसँग अपिल पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .