गत फागुन १ गते लगाइएको महाअभियोग प्रस्ताव संसद सचिवालयले बुधबारदेखि निष्क्रिय भएको पत्र पठाएसँगै सर्वोच्च अदालतमा धर्ना सुरु भएको छ।
बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबार नै चोलेन्द्र सर्वोच्चमा पुगेर हाजिर गर्ने तयारीमा जुटेपछि नेपाल बार र सर्वोच्च बारका वकिलहरु गेटमा धर्ना दिएर बसेका हुन्।
धर्नामा नेपाल बार एसोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका वकिलहरु जम्मा भएका छन्।
वकिलहरुको भिड बढेसँगै प्रहरीले त्यहाँको सुरक्षामा कडाइ गरेको छ। चोलेन्द्र फर्किने भएपछि नेपाल बारका पदाधिकारीहरुको आकस्मिक बैठक बसेर धर्ना थालेका हुन्।
51
Shares
प्रतिक्रिया