सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक स्थापना हुने भएको छ। काठमाडौंमा पानीको हाहाकार भएका बेला मेलेम्चीको पानी ल्याउने सपना बाँडेका भट्टराईको शालिक स्थापना गरिने भएको हो।
खानेपानीमन्त्री उमाकान्त चौधरीले सुन्दरीजलमा शालिक राख्ने स्थलको शिलान्यास भइसकेको जानकारी दिँदै शालिक छिट्टै प्रतिस्थापन गरिने बताए।
‘सालिक राख्ने ठाउँ शिलान्यास भइसकेको छ। पूर्णकदको शालिक निर्माण भइसकेको छ,’ मन्त्री चौधरीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै शालिक अनावरण गर्नुहुने छ।’
पूर्वप्रधानमन्त्री भट्टराईले घोषणा गरेको २८ वर्षपछि मेलेम्चीको पानी काठमाडौं ल्याइएको छ।
33
Shares
प्रतिक्रिया