ad ad

राजनीति


माओवादी मधेश प्रदेश इन्चार्ज भन्छन् : काफ्ले र यादवलाई कारबाही भएको छैन

माओवादी मधेश प्रदेश इन्चार्ज भन्छन् : काफ्ले र यादवलाई कारबाही भएको छैन

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १८:२५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश समितिले दुई पोलिटब्यूरो सदस्यलाई कारबाही नभएको जनाएको छ।

अन्तर्घात गरेको भन्दै दुईजना पोलिटब्युरो सदस्यद्वय अच्युतम काफ्ले र रामेश्वर राय यादवलाई कारबाहीका लागि माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएको समाचार नेपालखबरसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो। 

माओवादी मधेश प्रदेश इन्चार्ज गणेश शाहले सो समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनीहरुमाथि कारबाही नभएको बताएका छन्।

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्यहरुलाई कारबाही गरेको भनि भ्रामक समाचार मिति २०७२/०८/२२ गते बिहीवार विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) मधेश प्रदेश कार्यालयको ध्यानाकर्षण भएको छ’ इन्चार्ज शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कुनै पनि पोलिटब्युरो सदस्यलाई कारबाही नगरेको पार्टीपंक्ति लगायत आम जन समुदायलाई यसै व्यतव्य मार्फत जानकारी गराउन चाहन्छौँ। साथै यस्ता भ्रामक, निराधार, कपोलकल्पित तथा मिथ्या समाचार सम्प्रेषण गर्ने संचार माध्यमहरुले सत्य तथ्य नबुझि पार्टीको आधिकारिक संगठनक आधिकारिक धारणा बिना भ्रमात्मक समाचारहरु सम्प्रेषण नगरिदिन हुन आग्रह गर्दछौं।’

काफ्ले र रायले एमाले उम्मेदवारसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिका एक पदाधिकारीले नेपालखबरलाई बताएका थिए।

माओवादीका २ पोलिटब्युरो सदस्यलाई कारबाही सिफारिस, चुनावमा अन्तर्घात गरेको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .