सत्ता साझेदार नेकपा माओवादी केब्द्रले समानुपातिक सूचीबारे कानुनविदहरुसँग छलफल गर्ने भएको छ।
यस विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर समानुपातिक सूची शनिबार टुंगो लगाइने भएको हो।
शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले शनिबार फेरि बैठक बसेर नाम चयनबारे निर्णय लिने निर्णय गरेको हो।
उता एमालेले पनि शनिबार मात्रै नाम टुंगो गर्ने भएको छ। एमालेको शुक्रबारका लागि डाकिएको पदाधिकारी बैठक अन्तिम समयमा स्थगित भएको थियो।
निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको अन्तिम सूची शनिबारसम्म बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ।
मंसिर २३, २०७९, शुक्रबार
प्रतिक्रिया