ad ad

राजनीति


संघीयता ढलेका दिन गठबन्धन पनि पछारिन्छ, राजतन्त्र फर्केर आउँछ : मुख्यमन्त्री पाण्डे

संघीयता ढलेका दिन गठबन्धन पनि पछारिन्छ, राजतन्त्र फर्केर आउँछ : मुख्यमन्त्री पाण्डे

नेपालखबर
पुस १, २०७९ शुक्रबार १२:५४, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देशमा संघीयताविरोधी शक्तिहरु चल्मलाउँदै गएको बताएका छन्। 

संघीयतालाई राम्रोसँग ध्यान दिन नसके समस्या आउन सक्ने उनले बताएका छन्। 'हामीले ध्यान दिएनौँ भने गठबन्धन सरकारको आयु पनि लामो हुँदैन। त्यो पछरिँदा नराम्रोसँग पछारिन्छ। उठ्नै नसक्नेगरी पछारिन्छ', उनले न्यूज एजेन्सी नेपालसँग शुक्रबार भने, 'त्यो पछारिने वातावरण बिस्तारै बन्दै गएको छ। त्यो वातावरणबाट शिक्षा लिनु जरुरी छ। अहिले संघीयताविरोधी शक्तिहरु पनि चलमलाइरहेका छन्। संसदमा प्रतिनिधि भएरै पनि आएका होलान्। कतिपय प्रदेश सरकारको भोट त हाल्दै हाल्दिनँ भन्ने मान्छेहरु पनि प्रतिनिधि सभामा आइपुगेका छन्।'

संघीयताको कार्यान्वयनका लागि ६५ वर्ष संविधान सभाबाट संविधान जारी गर्न समय लागेको उनले बताए। उनले यदि संघीयता फेल भयो भने देशमा फेरि राजतन्त्र फर्किने पनि सम्भावना देखाएका छन्। 

'हजारौँ हजार मान्छेको रगतसँग साटेर ल्याएको हो यो संविधान। संविधान सँगसँगै संघीयता आयो। संघीयता अलग भएर आएन', उनले भने, अहिलेको संघीयता खारेज हुने भनेको मैले ठाडो अर्थमा के बुझ्छु भने संघीयता सँगसँगै राजतन्त्र फर्किने भनेको हो। हामी राजतन्त्र फर्काउन तयार छौँ कि छैनौँ? त्यो अहिलेको प्रमुख कुरा हो। हिजो लोकतन्त्रका लागि लड्ने राजनीतिक शक्तिहरुले यो सबै कुरा ध्यानमा राखेर प्रदेश, स्थान:य तह र केन्द्र ३ वटैलाई राम्रो समन्वयका साथ अगाडी बढाउने कुरोलाई ध्यान दिनुपर्छ।'

उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग मेरो सम्पर्क भइरहने बताउँदै संघीयता कार्यान्वयनमा सबै सतर्क हुनुपर्ने बताएका छन्। 

'सबैलाई तपाईंहरु जहाँ रहनुहुन्छ, प्रदेश संघ अथवा बाहिरै रहनुहोला। तर पार्टीका नेताहरु त हुनुहुन्छ नि। जहाँ रहे पनि तपाईं रहेको पार्टीलाई र अहिले भएका गठबन्धनका दलहरुसँग समन्वयमा रहेर संघीयता कार्यान्वयनको सवालमा ध्यान दिनुहोस्। मद्दत गर्नुहोस्। म पनि संघमा आएको छु', उनले भने, 'त्यहाँ बसेर मैले जे जिम्मेवारी पाउँला, त्यही जिम्मेवारीका साथमा मैले प्रधानमन्त्री, विभिन्न दलका नेताहरु सबैलाई भेटेर यो संघीयता कार्यान्वयनको बैठक, निर्णय शुरु गर्नुहोस्। यतिन्जेलसम्म गठबन्धन कसरी बनाउने, गठबन्धनलाई कसरी टिकाउने, गठबन्धनको सरकारलाई कसरी टिकाउने, आदि कुरा मात्रै हामी चिन्ता गर्थ्यौँ भने अब कामको चिन्ता गरौँ। गठबन्धनको सरकार जतिदिन टिक्ला, टिक्ला। तर यो संघीयता कार्यान्वयनको सवालमा ध्यान दिऊँ। संघीयतालाई राम्रो ढंगले लग्यौँ भने गठबन्धन सरकार पनि टिक्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .