राजनीति


गण्डकीमा १५० उम्मेदवार र २४ राजनीतिक दलको धरौटी जफत

गण्डकीमा १५० उम्मेदवार र २४ राजनीतिक दलको धरौटी जफत

नेपालखबर
पुस २, २०७९ शनिबार २०:४, काठमाडौँ

गण्डकी प्रदेशमा महिला ९ लाख ३५ हजार २०१ पुरुष ८ लाख ८२ हजार ३२९ र अन्य ११ गरी कूल १८ लाख १७ हजार ५४१ मतदाता कायम रहेका थिए।

निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १० लाख ४६ हजार ७२८ (५७ दशमलव ७२ प्रतिशत) मतदान भएको थियो।

निर्वाचन आयोगले शनिबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको प्रतिवेदन अनुसार  १० लाख १२ हजार ७१५ (९६ दशमलव ७५ प्रतिशत) मत सदर भएको थियो भने ३४ हजार १३ (३ दशमलव २५) प्रतिशत मत बदर भएको थियो।

समानुपातिक निर्वाचनमा १० लाख ४७ हजार १३५ (५७ दशमलव ६१ प्रतिशत) मतदान भएको थियो जसमध्ये ९ लाख ८५ हजार २ ९९४ दशमलव १४ प्रतिशत० मत सदर भएको थियो भने ६१ हजार ३३३ ९ ५ दशमलव ८६ प्रतिशत० मत बदर भएको थियो।

गण्डकी प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष २०६ र महिला २९ गरी कूल २३५ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ३४४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको थियो।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये गण्डकी प्रदेशमा २४ वटा राजनीतिक दलको धरौटी जफत भएको छ।

यस प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार १२५ र महिला उम्मेदवार २५ जना गरी कूल १५० जनाको धरौटी जफत भएको छ। 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९ मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। सो व्यवस्था अनुसार गण्डकी प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ। 

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार गण्डकी प्रदेशको प्रदेशसभातर्फ ६० जना सदस्य निर्वाचित भएका छन्। जसमा पुरुष ३९ जना (६५ प्रतिशत) र महिला २१ जना (३५ प्रतिशत) निर्वाचित भएका छन्।

गण्डकी प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २४ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३१ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .