राजनीति


गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

तस्बिर : सराेज बैजु/नेपालखबर


नेपालखबर
पुस ६, २०७९ बुधबार ९:१९, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्। 

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। 

म गठबन्धन बचाएर मुलुक बचाउन चाहन्छु। गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि मैले शेरबहादुर देउवालाई समर्थन गरेको छु।’ पौडेलले भने। 

राष्ट्रपति बन्नलाई देउवालाई सहयोग गरेको भन्ने पनि छ नि? पौडेललाई भन्ने संचारकर्मीको प्रश्न थियो। तर, उनले देउवालाई आफूले राष्ट्रपति बन्न समर्थन नगरेको बताए। 

‘अहिले गठबन्धन बचाएर परिवर्तन बचाउने हो। यो संविधान बच्यो भने यो देश बच्छ। यो संविधान भन्दा ठूलो परिवर्तन अरु केही हुँदैन,’ उनले भने, ‘यो बचाउनका लागि गठबन्धन बचाउन पर्छ। गठबन्धन बचाएर मात्र संविधान बच्छ।’

कांग्रेस संसदीय दलको नेता चुन्न अहिले धमाधम मतदान भइरहेको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad