‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका सहभागी हुन् - रिहान गिरी र वर्षा इटानी। यी दुवै प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने मौका पाएन। तर ‘द भ्वाइस’को सेटमा यी दुईको प्रेम भने राम्रैसँग मौलाएको चर्चा छ।
रिहान र वर्षा प्रेममा पुरेको चर्चासँगै मंगलबार दिउँसो एयरपोर्टमा सँगै देखिएका छन्। आगामी शुक्रबार हुने ‘द भ्वाइस’को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आएकी रिहानकी आमालाई लिन एयरर्पोट पुगेकी वर्षालाई प्रेमको बारेमा प्रश्न गर्दा आफूहरु मिल्ने साथी मात्रै भएको बताएकी छन्।
रिहानले केहि दिनअघि नेपाली केटीसँग विवाह गर्छु भनेर प्रतिक्रिया दिएका थिए। रिहानकी आमाले पनि नेपाली बुहारी पाए खुसी हुने बताएकी छिन्। वर्षा र रिहान प्रेममा भए आफूले खुसी भएर उनीहरुको प्रेम स्वीकार गर्ने रिहानकी आमा गीताले बताइन्। भनिन् ‘दुवैको चाहना भए मेरो तर्फबाट ओके। छोराको चाहना मेरै खुसी हो।’
Shares

प्रतिक्रिया