नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अनेक किसिमका आलोचना र जायन नाजायज कुरा उठे पनि सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर यहाँसम्म आइपुगेको बताएका छन्।
देउवा दलको नेतामा निर्वाचित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
'अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन', उनले भने, 'सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।'
उनले देउवाकै नेतृत्वमा सत्ता गठबन्धन बहुमतनजिक रहेको बताए।
'उहाँकै नेतृत्वमा गठबन्धनको बहुमतको छेउमा छौँ। हाम्रो पार्टीका सांसद साथीहरु परिपक्व छन्। परिपक्व साथीहरु जनताबाट निर्वाचित भएर आएका हुन्', उनले भने, 'कांग्रेसले अनुभवी र जोड्ने नेतृत्वलाई निर्वाचित गरेको छ। कुरा होइन काम गर्ने नेतृत्वलाई चुनेको छ।'
प्रतिक्रिया