राजनीति


सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरूसँग देउवाको छलफल

सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरूसँग देउवाको छलफल

फाइल तस्बिर।


नेपालखबर
पुस १०, २०७९ आइतबार ९:४७, काठमाडौँ

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्नुअघि नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो। 

लगत्तै, आइतबार बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरिरहेका छन्। 

अहिले निकटका नेताहरुसँग प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा छन्। 

आइतबार बिहान १० बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ। त्यसअघि कांग्रेसका पदाधिकारी तहका नेताहरुसँ देउवाले संवाद गरेका हुन्। 

सत्ता गठबन्धनमा प्रधानमन्त्री र राष्ट्रपतिको विषयमा कुरा नमिल्दा एमालेसँगको सहकार्यका बारेमा पनि छलफल अघि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .