राजनीति


सरकारमा जान राप्रपाको शर्त : पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाऊँ

सरकारमा जान राप्रपाको शर्त : पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाऊँ

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जानका लागि आगामी पुस २७ गते पर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने शर्त राखेको छ।

पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृ्थ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमाले र माओवादी केन्द्र तयार हुनुपर्ने अडान लिएको छ।

नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले १६ वर्षअघि गरेको निर्णय उल्ट्याएर पृथ्वीनारायणको जन्मजयन्तीको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने अडान आफूहरुले राखेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरलाई बताए। 

सत्ता गठबन्धनका संयोजक केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा सहभागी हुन गरेको आग्रहको जवाफमा राप्रपाले यस्तो शर्त राखेको हो। 

'हामी सात दलका न्यनूतम साझा कार्यक्रम तय भएपछि मात्रै मन्त्रिपरिषद्मा मिसिने निर्णय लिन सक्छौँ', उनले भने, 'तर हाम्रा यी शर्त पनि पूरा गर्न सरकार लचिलो हुनुपर्छ। पुस २७ लाई सरकारले राष्ट्रिय दिवस घोषणा गर्नुपर्छ।'

राप्रपाले सरकारमा जान कम्तीमा तीन मन्त्री चाहिने अडान लिएको छ। उसले एकजना उपप्रधानमन्त्री पनि चाहिने बताएको छ। 

राप्रपाले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा उनकै प्रस्तावमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको मन्त्रिपरिषद्ले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने गरी गरेको निर्णयको विरोध गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad