राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मन्त्रालयको संख्या बढाएर पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन्।
मन्त्रालय फुटाएर संख्या बढाउने चर्चाबीच राप्रपा अध्यक्षको यस्तो टिप्पणी आएको हो।
‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो’ लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन।’
मन्त्रालय फुटाउने चर्चा विभिन्न क्षेत्रबाट चलेपनि प्रधानमन्त्री पुष्कमल दाहालले संख्या नबढाइने बताएका छन्।
राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सँख्या बढाईने भन्ने हल्ला निराधार हो ।
मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन।
— Rajendra Lingden (@RajendraLingden) January 4, 2023
150
Shares
प्रतिक्रिया