ad ad

राजनीति


१३ पृष्ठ, २० बुँदामा समेटिएको यस्तो छ सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’

१३ पृष्ठ, २० बुँदामा समेटिएको यस्तो छ सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’

सागर न्यौपाने
पुस २२, २०७९ शुक्रबार २०:४१, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ। 

शुक्रबार अन्तिम रुप दिइएको ड्राफ्टलाई शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ। 

नीतिगत प्राथमिकतामा नागरिकता, राज्यका निकायहरुको नीतिगत संरचनागत सुधार, लोकतन्त्र र गुणस्तरीय सेवा, दीगो विकास र अर्थतन्त्रको सवलीकरणलाई मुख्यरुपमा अगाडि बढाइएको छ।

नेपालखबरले प्राप्त गरेको प्राथमिकताको ड्राफ्टमा शिक्षामा सुधार र भौतिक पूर्वाधारको विकास, निरोगी नेपाल, स्वस्थ नागरिकको विषय उठाइएको छ।

प्रचण्ड सरकारको नीति तथा कार्यक्रम : अख्तियार र सतर्कता केन्द्रलाई थप शक्तिशाली बनाइँदै

ड्राफ्टलाई शीर्ष नेताहरुले संशोधन गर्न सक्ने सम्भावना छ।

नीतिगत प्राथमिकता र कायक्रम बनाउन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल, जनता समाजवादी पार्टीका रकम चेम्जोङलगायतका नेताहरु थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .