ad ad

राजनीति


एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल

फाइल।


नेपालखबर
पुस २६, २०७९ मंगलबार ११:४३, काठमाडौँ

नेकपा एमाले छाडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र लडेका घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार एक दुई दिनभित्रमा पार्टी प्रवेश गर्ने निश्चित भएको हो।

‘उहाँ (घनश्याम भूसाल) हाम्रो पार्टी प्रवेश गर्ने निश्चित भएको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘पदीय जिम्मेवारीको विषयमा छलफल चलेको छ। कार्यदल बनेको छ। कार्यदलबाटै निर्णय हुन्छ।’

पार्टी प्रवेशको छलफलका लागि भुसालले गत सोमबार एक ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज पार्टीमा बुझाएका छन्। 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै उनले समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन्। तर, उनले त्यसका लागि पार्टीको तत्कालिन र दीर्घकालिन कार्यनीति र सिद्धान्तलाई परिस्कृत गर्नु शर्त राखेका छन्। 

‘नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै कम्युनिष्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन्भनेर सार्वजनिकरुपमा बोल्दै आएको छु,’ उनले दस्तावेजमार्फत भनेका छन्, ‘कम्युनिष्ट तथा वाम आन्दोलनमा योगदान गरेका तर अहिले कुनै पार्टीमा सगंठित नरहेका र वैकल्पिक राजनीतिको खोजीमा लागेका कैयन् प्रगतिशील तथा वाम झुकावका साथीहरुसँग नेपालको राजनीतिमा गर्नुपर्ने प्रगतिशील रुपान्तरणका बारेमा देशव्यापीरुपमा बहस चलाउँदै एकता तथा रुपान्तरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएको छु।’

एकीकृत समाजवादीले पार्टी एकताका विषयमा यसअघि भएका छलफललाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै भूसालले भनेका छन्, ‘एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनु भएको तत्परता सकारात्मक छ। यसै सन्दर्भमा यस कार्यदलले मसँग छलफलका लागि गरेको प्रस्तावलाई स्वागत गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .