ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

दुई महामन्त्रीसहित चार नेताको असहमति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

संसद भवनमा बसेको कांग्रेस बैठक। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए।

बैठकमा सरकारलाई मत दिने विषयमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले असहमति जनाएका छन्। 

तर यादवले सर्वसम्म्त निर्णय भएको दावी गरे

'दुई महामन्त्री तथा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेलले यो निर्णयमा असहमति जनाउनु भएको छ', एक नेताले बैठकपछि भने।

कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेपछि अब संसदीय दलको बैठक बस्ने भएको छ। 

उक्त निर्णयलाई अब संसदीय दलको बैठकले अनुमोदन गर्नेछ। कांग्रेसको यो बैठकपछि अब केही बेरमा संसद बस्ने तयारी भएको छ।

जहाँ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछ। अब प्रचण्डको पक्षमा दुईतिहाइ बहुमत हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .